एनआरएनए निर्वाचनः नेदरल्याण्डबाट हिमाल गुरुङको युवा उपाध्यक्षमा उम्मेदवारी

एनआरएनए निर्वाचनः नेदरल्याण्डबाट हिमाल गुरुङको युवा उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा हिमाल गुरुङले युवा उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

‘युवा एवम् दोस्रो पुस्तामा अवको एनआरएनए’ भन्ने मुल नारा गुरुङ वर्तमान कार्यसमितिको रहेको छ। हाल उनी युवा संयोजकको जिम्मेवारी निर्वाह गरिरहेका छन्।

पोखरा निवासी गुरुङ विगत २ दशकदेखि नेदरल्याण्डमा कार्यरत छन्। उनी नेदरल्याण्डमा विभिन्न व्यवसायमा संलग्न छन्। सन् २०११ देखि एनआरएनए अभियानमा जोडिएका गुरुङ २०१५–०१७ कार्यकालमा एनसीसी नेदरल्याण्डको अध्यक्ष थिए।

उनीसँग आइसीसी सदस्य (२०१७–१९) भएर काम गरेको अनुभव छ। आफ्नो उम्मेदवारीबारे प्रवास खबरसँग कुरा गर्दै गुरुङले भने, ‘युवा संयोजक भएर काम गरिसकें। अझै युवाको लागि काम गर्ने तीव्र इच्छा छ। त्यसैले युवा उपाध्यक्ष पद रोजेको हुँ। अव जाने भनेको मेरो बाटो यहि हो।’

एनआरएनएमा युवा पुस्ताको सहभागीता अव व्यापक हुन नसके संस्थाले गति लिन नसक्ने भन्दै उनले चिन्ता व्यक्त गरे। युवा तथा दोस्रो पुस्तालाई एनआरएनएमा जोड्नु नै आफ्नो प्राथामिकता रहेको उनको भनाइ छ।

‘युवा संयोजक भएर काम गर्दा धेरै अनुभव बटुलिसकेको छु। एनआरएनएमा युवा पुस्ताको आकर्षण कम हुनुको पछाडिका कारण मलाई थाहा छ,’ उनले भने, ‘वास्तवमा म उठ्नुको कारण पनि यही हो।’