एनआरएनए निर्वाचन : युवा संयोजकमा क्यानडाबाट विमला सापकोटाको उम्मेदवारी

एनआरएनए निर्वाचन : युवा संयोजकमा क्यानडाबाट विमला सापकोटाको उम्मेदवारी

काठमाडौं। सन् २०१३ देखि गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा जोडिएकी विमला सापकोटाले युवा संयोजकमा उम्मेदवारी घोषणा गरेकी छिन्।

एनआरएनएको आगामी निर्वाचन आउँदो अक्टुवरमा हुँदैछ। नवलपरासीको गैडाकोटमा जन्मिएकी विमला सन् २०१२ देखि क्यानडामा बसोबास गर्दै आइरहेकी छिन्। नेपालमा हाल उनको बसाइँ पोखरामा छ। उनले सन् २०१७–१९ सम्म एनसीसी क्यानडाको महिला संयोजक भएर काम गरिसकेकी छिन्।

एनआरएनएको करिब एक दशक लामो अभियानमा प्राप्त गरेको अनुभवलाई उनी प्रयोगमा ल्याउन चाहन्छिन्। प्रवास खबरसँगको कुराकानीमा उनले भनिन्, ‘अव एनआरएनएको नेतृत्व युवा पुस्ताले गर्नु जरुरी छ। यो समयको माग हो।’

सन् २०१९ देखि उनी अमेरिकी क्षेत्रीय युवा संयोजक भएर काम गरिरहेकी छिन्। ‘मेरो उद्देश्य नै दोस्रो पुस्तालाई एनआरएनएमा सहभागी गराउने हो। अहिले एनआरएनएमा युवा पुस्ताको आकर्षण न्युन छ,’ उनले भनिन्।

उनले एनआरएनएको विश्व स्वास्थ्य समितिमा आवद्ध भएर महिला, बालबालिका तथा युवासँगको कार्यक्रम सफलतापूर्वक संयोजन गरिसकेकी छिन्।