यूएई : भुईँमा खस्दै गरेकी ‘गर्भवती बिराली’को ज्यान बचाउने युवाले पाए २ लाख दिराम पुरस्कार

दुबई । यूएईको दुबईस्थित एउटा घरको दोस्रो तल्लाको बाल्कोनीबाट भुईँमा खस्दै गरेकी एक गर्भवती बिरालीको ज्यान बचाएर भाइरल भएका चारजना व्यक्तिले आकर्षक नगद पुरस्कार प्राप्त गरेका छन्।
यूएईका उपराष्ट्रपति र प्रधानमन्त्री एवं दुबईका प्रशासक शिख मोहम्मद विन रशिद अल–मक्तौमले ती चार जना पुरुषलाई ‘अतुलनीय नायक’ भनेर प्रशंसा गरेका हुन्। बिरालीको जीवन बचाउने द्रुत सोंचको लागि ती युवाहरुलाई ५० हजार दिरामका दरले पुरस्कार दिइएको छ।
दुबईका प्रशासकको कार्यालयका एक अधिकारीले उनीहरुलाई भेटेर सो इनाम हस्तान्तरण गरेका हुन्। त्यसरी इनाम पाउनेमा असरफ नाम गरेका चौकीदारी गर्ने एक मोरक्को नागरिक, आतिफ मेहमुद नाम गरेका एक पाकिस्तानी बिक्रेता, सडक र यातायात प्राधिकरणमा चालकको रुपमा काम गर्ने नासिर नाम गरेका एक भारतीय र उक्त भिडियो खिचेका मोहम्मद रसिद रहेका छन्। ती अधिकारीले उनीहरुलाई नगद रकम सहितको खाम हस्तान्तरण गरेका थिए।
Proud and happy to see such acts of kindness in our beautiful city.
Whoever identifies these unsung heroes, please help us thank them. pic.twitter.com/SvSBmM7Oxe— HH Sheikh Mohammed (@HHShkMohd) August 24, 2021
विभिन्न राष्ट्रियता र पृष्ठभूमि भएका ती पुरुषहरुले सो घटना भन्दा पूर्व एकअर्कालाई चिन्दैनथे। ‘हामी त्यतिबेलै बिरालीलाई बचाउने क्रममा एक्कासी सँगै भयौं,’ आतिफले स्थानीय सञ्चारमाध्यमसँग भनेका छन्।
भाइरल भएको सो भिडियोमा एउटा बिराली बाल्कोनीबाट खस्तै गरेको देख्न सकिन्छ। सो दृष्यसँगै तीन जनाको एउटा समूहले तलपट्टीबाट एउटा तन्ना फिंजाएर उभिइहाल्छन। त्यसलगत्तै बिराली त्यही तन्नामा खसेर आफ्नो जीवन बचाउन पुग्छिन्, र त्यसपछि ती मानिसले उक्त बिरालीलाई थम्थमाउंछन् र बिराली सुरक्षितसाथ टाढा जान्छिन्।
दुबईका प्रशासक शिख मोहम्मदले बिरालीको ज्यान बचाउने ती व्यक्तिहरुलाई धन्यवाद दिनको लागि पहिचान गर्न सर्वसाधारणलाई आग्रह गर्दै सो भिडियो ट्विटरमा सार्वजनिक समेत गरेका थिए।
ताजा अपडेट

महाकुम्भमा पुगे ५० करोड भक्तजन
