आबुधाबीका सरकारी कार्यालय तथा कम्पनी पूर्ण क्षमतामा सञ्चालन हुँदै

आबुधाबीका सरकारी कार्यालय तथा कम्पनी पूर्ण क्षमतामा सञ्चालन हुँदै

दुबई । आबुधाबीका सरकारी निकाय तथा कम्पनी शतप्रतिशत क्षमतामा सञ्चालन हुने भएका छन्। ५ सेप्टेम्बरदेखि आबुधाबीका सरकारी निकाय तथा कम्पनी शतप्रतिशत क्षमतामै सञ्चालन हुने भएका हुन्।

घोषणा अनुसार खोप लगाएका तथा नलगाएका सम्पूर्ण कर्मचारीले ‘अलेसन एप’ मा ‘ग्रीन स्टाटस’ देखाउनु पर्नेछ। त्यस्तै, खोप नलगाएका कर्मचारीले प्रत्येक सात दिनमा कोभिड–१९ परीक्षण गर्नुपर्ने बताइएको छ।

कोभिड–१९ परीक्षण सम्बन्धी सरकारले तोकेका मापदण्डको पालना गर्नुपर्ने छ। सरकारले तोकेका मापदण्डको पालना गर्न असफल हुने व्यक्तिलाई काम गर्न अनुमति नदिइने, र त्यसरी काममा अनुपस्थित भएवापत वार्षिक विदाबाट कट्टी गरिने वा मासिक पारिश्रमिकबाट कट्टी गरिने व्यवस्था लागू गरिने बताइएको छ ।

त्यस्तै, खोप लगाएका उपभोक्ता वा सेवाग्राहीले ‘अल्होसन एप’ मा ‘ग्रिन स्टाटस’ भएको देखाउनु पर्नेछ । खोप नलगाएका व्यक्तिले ४८ घण्टाभित्रको पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’ देखाउनु पर्नेछ।

त्यसैगरी दश कक्षा वा सोभन्दा कम कक्षामा पढ्ने विद्यार्थीको एउटा अभिभावकले आफ्नै स्थान (रिमोट) बाटै काम गर्ने अनुमति दिइएको छ। चिकित्सकको सल्लाह र शैक्षिक संस्थाको विज्ञप्तिका आधारमा विद्यालयमा भौतिक रुपमा उपस्थित हुन नसक्ने विद्यार्थीको अभिभावको हकमा मात्र यो सुविधा उपलब्ध हुने बताइएको छ।

यस्तै सरकारी नियमको आधारमा रोजगारदाताले अतिरिक्त सुविधा प्रदान गर्न सक्ने समेत बताइएको छ।

खोप प्राप्त गरेका व्यक्तिलाई पीसीआर परीक्षणको ‘नेगेटिभ रिपोर्ट’नतिजा देखिए सँगै ‘अल्होसन एप’मा ‘ग्रीन पास’ सक्रिय हुने बताइएको छ। सो पास ३ दिनसम्म सक्रिय रहने छ।यसैगरी, खोप नलगाएका व्यक्तिलाई आबुधाबीका सपिङ मल, रेस्टुरेन्ट, क्याफे, रिटेल आउटलेट,जीम, मनोरञ्जनयुक्त स्थल, खेलकुद स्थल, स्वास्थ्य क्लब, रिसोर्ट, र शैक्षिक संस्थामा प्रवेश गर्न प्रतिबन्धित गरिएको छ।

एजेन्सी