मदन भण्डारी स्पोर्ट्स एकेडेमी इन्डियाको अध्यक्षमा कुलबहादुर सिंजाली

मदन भण्डारी स्पोर्ट्स एकेडेमी इन्डियाको अध्यक्षमा कुलबहादुर सिंजाली

नयाँ दिल्ली।कुल बहादुर सिंजालीको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी इन्डियाको दोस्रो कार्यसमिति चयन भएको छ।

पहिलो कार्यसमितिको दुइ वर्षे कार्यकाल पूरा भएसँगै बुधबार होटल जेनिफर इन्टरनेशनल, करोलबाग नयाँ दिल्लीमा बसेको बैठकले १३ सदस्यीय नयाँ कार्यसिमिति चयन गरेको हो।

‘खेल र खेलाडीको लागि उच्च सम्मान’ भन्ने मुल नाराका साथ स्थापना भएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीको नयाँ कार्यसमितिको महासचिवमा सुवास बस्नेत नियुक्त भएका छन्।

अन्य पदाधिकारीमा क्रमशस् पहिलो उपाध्यक्षमा पदम गाहा, दोश्रो उपाध्यक्ष एडवोकेट नन्दा शर्मा, सचिवमा निरन्जन मल्होत्रा र सुस्मिता शर्मा चयन भएका छन्। कोषध्यक्षमा वीर थापा, सदस्यमा हरि रोका मगर, पूर्णराज श्रेष्ठ, निर्मला शर्मा, आशबहादुर शारू, युधिष्ठिर कुमार र गंगा गुरुङ रहेका छन्।

त्यस्तै एकेडेमीले तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ। जसमा प्रमुख सल्लाहकार कृष्ण शर्मा, विशेष सल्लाहकार कमल पण्डित र सल्लाहकार छबिलाल जोशी नियुक्त भएका छन्।

बैठक प्रवास इन्चार्ज तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी इन्डियाका संस्थापक गोपाल थापाको प्रमुख आतिथ्यतामा बसेको थियो।