एनआरएनए निर्वाचन : बेल्जियमबाट बरुवालको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

एनआरएनए निर्वाचन : बेल्जियमबाट बरुवालको केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनारएनए) को केन्द्रीय उपाध्यक्ष पदमा शिवकुमार बरुवालले उम्मेदवारी दिने भएका छन्।

नेपालको म्याग्दी जिल्लामा जन्मिएका बरुवाल विगत १९ वर्षदेखि बेल्जियममा कार्यरत छन्। एनआरएनए बेल्जियम सन् २००५ मा स्थापना हुँदा बरुवाल संस्थापक सचिवालय सदस्य थिए। उनले बेल्जियम शाखाको महासचिव र आइसीसी सदस्य हुँदै युरोप क्षेत्रीय संयोजक भएर काम गरिसकेका छन्।

एनआरएनलाई संस्थागत गर्न र संस्थालाई पारदर्शी तरिकाले विधि विधान र पद्धति अनुरुप चलाउदै राष्ट्रमा पूँजी र प्रविधि भित्राउन आफूले उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

बरुवालले युरोप संयोजक हुँदा एनसीसीलाई सबल र सक्रिय बनाउन योगदान गरेका थिए। उनले दुई पटक युरोपेली सम्मेलन भब्यताका साथ सम्पन्न गराएका थिए। नेपालमा प्रबिधि, लगानी र पर्यटन प्रवद्र्धन गर्ने अभियानमा बरुवालको सक्रिय भूमिका थियो।

यसअघि मैले एनआरएनएको जिम्मेवारी राम्रोसँग पूरा गरेको छु। भविस्यमा पनि अग्रजहरूले सुरु गरेकोे अभियानमा लक्ष्य प्राप्त नगरेसम्म निरन्तर लागिरहने छु। यसपटक धेरै साथीहरूसँगकोे सरसल्लाह र सुझाब अनुसार उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ’, बरुवालले भने।

बरुवाल बेल्जियममा नेपाली सामाग्रीको प्रवद्र्धन गर्दै ब्यवसायिक रुपमा नेपाली सामाग्रीको डिपार्टमेन्टल स्टोर, रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सफलतापुर्वक सञ्चालन गर्ने नेपाली हुन्। उनी बेल्जियमका ब्यवसायीलाई एकीकृत गरि सामुहिक रुपमा नेपालमा जलविद्युत, कृषि र पर्यटन क्षेत्रमा लगानी भित्र्याउने कार्यमा सक्रिय छन्।