युरोपमा आकर्षक जागिर लगाइदिने भन्दै ६ लाख ठगी गरेका सुनुवार पक्राउ

युरोपमा आकर्षक जागिर लगाइदिने भन्दै ६ लाख ठगी गरेका सुनुवार पक्राउ

काठमाडौं। युरोप पठाइदिने प्रलोभनमा ७ सोझासाझा नेपालीसँग रकम ठगी गरेको आरोपमा रामेछापका ३३ वर्षीय पोश बहादुर सुनुवार पक्राउ परेका छन्।

महानगरीय अपराध महाशाखाले बुधबार दिएको जानकारी अनुसार सुनुवारविरूद्ध काभ्रे भुम्लु गाउँपालिका–९ ज्याम्दीका ३० वर्षिय प्रेमकुमार लामा दोङसहित ६ जनासँग ठगी गरेको आरोप थियो।

उनीहरूलाई वर्किङ भिसामा युरोपेली देश लिथवानिया पु¥याइदिने सर्तमा प्रतिव्यक्ति ७ लाख रुपैयाँ माग गरिएको थियो। यसका लागि ६ जनाबाट जनही १ लाखको दरले ६ लाख रुपैयाँ पनि उठाइसकेको प्रहरीले बताएको छ।
सुनुवारले सातै जनालाई लिथवानियाको प्रतिष्ठित होटलमा काम लगाइदिने प्रलोभन दिएको प्रहरी उजुरीमा बताइएको छ।

पक्राउ परेका सुनुवार काठमाडौंमा कोटेश्वरमा बस्दै आएका थिए। प्रहरीले पक्राउ गरि उनलाई बुधबार नै थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाएको थियो।

 



No ads found for this position