गाँजा बोकेर कतार हिँडेका पाठक विमानस्थलमा पक्राउ

काठमाडौं । गाँजा बोकेर कतार हिँडेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । चितवन जिल्लाको खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको छ।
पाठक मंगलबार बिहान साढे १० बजे कतार एयरवेजको उडानमार्फत दोहा उड्दै थिए । उड्नुअघि अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा उनको लगेजमा ८ सय ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।
लगेज चेक गर्दा ग्याष्ट्रिक हरण चूर्ण, सगरमाथा आयुर्वेदकि औषधी उद्योग गोकर्नेश्वर–१, काठमाण्डौं लेखिएको सिल गरिएको बट्टाभित्र गाँजा भेटिएको हो।
लागु औषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गाँजा सहित उनलाई पक्रेर विमानस्थल प्रहरीलाई जिम्मा लगाएको छ।
ताजा अपडेट

प्रवास खबर
नवौं राष्ट्रिय खेलकुद असोजमा

प्रवास खबर
साउदीमा जहाज उडाउने महिला टोली

प्रवास खबर