‘मिस अफगान’ को बिकनी पोज फेरि भाइरल

‘मिस अफगान’ को बिकनी पोज फेरि भाइरल

काठमाडौं। अफगानिस्तानमा तालिबानको कब्जा भएपछि महिलालाई लिएर ठूलो संशय छ। अफगानी महिलाको भविस्यलाई लिएर अनेकौं शंका उत्पन्न भइरहेको बेला ‘मिस अफगानिस्तान’ विदा समदजईको बिकिनी पोजको एउटा तस्वीर भाइरल भइरहेको छ।

विदा समदजई मूलतः अफगानिस्तानको काबुल निवासी हुन्। उनको जन्म २२ फेब्रुअरीमा भएको थियो। १८ वर्षको उमेरमा उनी अमेरिका शिफ्ट भएकी थिइन। उनले क्यालिफोर्नियाको स्टेट युनिभर्सिटीबाट स्नातक गरेकी छिन्। पछि मात्र उनले अमेरिकी नागरिकता ग्रहण गरेकी हुन्।

विदाले सन् २००३ मा अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्टमा भाग लिएकी थिइन। उनी अन्तर्राष्ट्रिय ब्युटी प्रतिस्पर्धामा भाग लिने दोस्रो अफगानी महिला हुन्।
विदाले ब्युटी प्याजेन्टमा रातो बिकनी पहिरिएर ¥याम्पमा वाक गरेकी थिइन। उनको बिकनी वाकको मुद्धा अफगानिस्तानको सर्वोच्च अदालतसम्म पुगेको थियो। बिकनी लगाएको कारण उनले इस्लामिक र अफगानिस्तानको नियम विपरित काम गरेको भन्दै आलोचना भएको थियो।

उनले केही समय भारतीय सिनेमा र टेलिभिजनमा पनि काम गरेकी थिइन। सन् २००९ मा सार्वजनिक ‘रनवेः लव एमङ गन शर्ट्स’ फिल्म अहिले पनि चर्चामा छ।

विदा २०११ ‘बिग बोस’–५ की सहभागी पनि हुन्। यो सिजन उनीसँग पुजा मिश्रा र सोनाली नागरानीले प्रतिस्पर्धा गरेका थिए।

अफगान महिलाको अधिकार तथा शिक्षाको आवाज उठाउने निकै कम अफगानी महिलामा विदा पनि पर्छिन। यसका लागि उनले अमेरिकामा एउटा च्यारिटी नै सञ्चालन गरेकी छिन्।

उनको भविस्यको इच्छा थियो, नेता बन्ने। तर, अफगानिस्तानमा तालिबानको कब्जा पछि उनको यो सपना पुरा हुन्छ कि हुदैन त्यो हेर्न बाँकी छ।