एनआरएनए केन्द्रको निर्णय : प्रतिनिधि छनोट विवाद विधान अनुरुप टुंग्याउने

एनआरएनए केन्द्रको निर्णय : प्रतिनिधि छनोट विवाद विधान अनुरुप टुंग्याउने

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न दशौं विश्व सम्मेलनका लागि विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) मा देखिएको प्रतिनिधि छनोट विवाद टुंग्याउने निर्णय भएको छ।

सोमबार संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतमा बसेको आइएसको भर्चुअल बैठकले विवाद टुंग्याउने निर्णय गरेको हो। संघका अध्यक्ष कुमार पन्तले बैठकमा प्रतिनिधि छनोट सम्बन्धी छलफल भएको प्रवास खबरलाई जानकारी दिए।

प्रवक्ता डिबी क्षेत्रीले सर्वसहमतिबाट विधान अनुरुप विवाद टुंग्याउने निर्णय भएको बताए। ‘बैठकले नमिलेका, विवाद देखिएका विषयलाई विधानबमोजिम समाधान गर्नेमा सहमति जुटाएको छ,’ प्रवक्ता क्षेत्रीले प्रवास खबरसँग भने।

संघको संसोधित विधानमा एनआरएनए अभियानमा शुरुदेखि नै सक्रिय रहेका मध्येबाट ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिका रुपमा छनोट गर्नुपर्ने प्रावधान छ। यस्तै २५ प्रतिशत प्रतिनिधि राष्ट्रिय समन्वय परिषद (एनसीसी) बाट  निर्वाचित हुनुपर्ने वैधानिक प्रावधान छ । यसैगरी बाँकी १० प्रतिशत प्रतिनिधि कार्यसमितिले मनोनित गर्ने प्रावधान विधानमा राखिएको छ।

नयाँ प्रक्रिया अनुसार प्रतिनिधि छनोट गर्ने विषयमा अमेरिकालगायत विभिन्न ८ देशमा विवाद सिर्जना भएको थियो। तर, बैठकले यी विषयलाई तुरुन्तै विधानबमोजिम समधान गर्ने निर्णय गरेको हो।

संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदैछ।

 



No ads found for this position