‘रक्षा–बन्धन’ कै दिन भाइले दिए दिदीलाई किड्नी उपहार

‘रक्षा–बन्धन’ कै दिन भाइले दिए दिदीलाई किड्नी उपहार

नयाँ दिल्ली। ‘रक्षा–बन्धन’ मा यति ठूलो उपहार सायदै कुनै भाइले आफ्नो दिदीलाई प्रदान गरेका थिए होलान। भारतको हरियाणा प्रदेशस्थित रोहतकमा बसोबास गर्ने एउटा भाइले ‘रक्षा–बन्धन’ को दिन पारेर दिदीलाई आफ्नो एउटा किड्नी दान गरेका छन्।

२८ वर्षीय युवाले ३१ वर्षीय दिदीका लागि किड्नी दान गरेको भारतीय समाचार एजेन्सी ‘दि टाइम्स अफ इन्डिया’ ले बताएको छ।

विगत पाँच वर्षदेखि किड्नीमा समस्या हुँदा दिदीले डाइलासिस गराउँदै आइरहेकी थिइन। उच्च रक्तचापका कारण उनको किड्नीमा समस्या देखिएको थियो।

कम उमेरका कारण यसअघि चिकित्सकहरूले किड्नी प्रत्यारोपण गर्ने सुझाव दिँदै आएका थिए। तर, किड्नी दिने व्यक्तिको अभावमा ती युवती डाइलासिस गर्न बाध्य थिइन। तर, ‘रक्षा–बन्धन’ कै दिन भाइले आफ्नो किड्नी उपहार दिने बताएपछि द्धारकास्थित आकाश हेल्थ केयरका चिकित्सक डा. विक्रम काल्रा पनि खुसी देखिएको थिए।

 



No ads found for this position