भारत सरकारद्धारा अफगानिस्तानबाट २ नेपालीको सकुसल उद्धार

भारत सरकारद्धारा अफगानिस्तानबाट २ नेपालीको सकुसल उद्धार

नयाँ दिल्ली। भारत सरकारले आफ्नो नागरिकसहित दुई नेपालीलाई पनि अफगानिस्तानबाट सकुसल उद्धार गरेको छ।

अन्तर्राष्ट्रिय न्युज एजेन्सी एपी (एसोसिएट प्रेस) ले भारतको विदेश विभागका प्रवक्ता अरिन्दम बाग्चीको भनाई उद्धृत गर्दै दुई नेपालीलाई उद्धार गरिएको पुष्टी गरेको हो।

इन्डियन एयरलाइन्सले आइतबार बिहान काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट ८७ भारतीयसहित २ नेपालीको उद्धार गरेको बताइएको छ। भारतीय समाचार एजेन्सीका अनुसार इन्डियन एयरलाइन्सको बिमान काबुलबाट पहिले कजाकिस्तानको राजधानी नुर–सुल्तान पुगेको थियो। नुर–सुल्तानबाट कतारको राजधानी दोहा हुँदै बिमान भारतको राजधानी नयाँ दिल्ली अवतरण गरेको थियो।

अमेरिका र उत्तरी एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) को सहमतिमा भारतीय बिमानले काबुलबाट दिनको दुई वटा विमान उडाउने अनुमति पाएको छ। यसैअन्तर्गत आइतबार भारतीय बिमानले कूल २ सय ५५ जनालाई उद्धार गरेको बताइएको छ।



No ads found for this position