काबुल विमानस्थलमा फेरि भाँगदौड हुँदा ७ अफगानीको मृत्यु

काबुल विमानस्थलमा फेरि भाँगदौड हुँदा ७ अफगानीको मृत्यु

काबुल। अफगानिस्तानमा तालिबानको सत्ता कायम भएसँगै राजधानी काबुलस्थित विमानस्थलको अवस्था झन् भयावह बन्न थालेको छ। केही दिनअघि अमेरिकी जहाजको चक्कामा बसेर देश छोड्न खोजेका ३ अफगानी नागरिकले जहाजबाट खस्दा मृत्युवरण गरेका थिए।

बेलायतको सेनाले आइतबार दिएको सूचना अनुसार काबुल विमानस्थलमा भागदौड हुँदा ७ अफगानीको निधन भएको छ।

बेलायतको रक्षा मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार काबुल विमानस्थलको अवस्था चुनौतीपूर्ण बनेको छ। तर, मानिसको सुरक्षाका लागि बेलायती सेनाले प्रयास गरिरहेको पनि रक्षा मन्त्रालयको सूचनामा उल्लेख छ। अहिले पनि देशबाट बाहिर निस्किने अभियानमा थुप्रै अफगानी काबुल विमानस्थलमा रहेको बताइएको छ। तालिबानले भने अफगानी नागरिकलाई देश छोड्न प्रतिबन्ध लगाएको छ।

विमानस्थल जाने बाटोलाई तालिबानी सेनाले कडा निगरानीमा राखेको छ। विमानस्थलतर्फ जाने र फर्किने व्यक्तिको कडा चेकजाँच हुन थालेको छ।