काबुलबाट ११८ नेपाली काठमाडौं आइपुगे

काबुलबाट ११८ नेपाली काठमाडौं आइपुगे तस्वीर सौजन्य : अमेरिकन दूतावास काठमाडौं

काठमाडौं। अफगानिस्तानबाट ११८ नेपाली काठमाडौं आइपुगेका छन्। काबुलस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डको रूपमा कार्यरत उनीहरुलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो।

उनीहरू काबुलबाट कुवेत र त्यहाँबाट जजिरा एयरको चार्टर्ड विमानमार्फत् मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।

उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्। चार्टर्ड जहाजमा १२६ जना पुरूष र एक जना महिला काठमाडौं आएका हुन्। उनीहरूमध्ये ९ जना नेपाली मूलका भारतीय रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *