काबुलमा ‘चार्टर्ड’ जहाज पठाएर नेपालीको उद्धार गर्ने एनआरएनएको तयारी

काबुलमा ‘चार्टर्ड’ जहाज पठाएर नेपालीको उद्धार गर्ने एनआरएनएको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्नै खर्चमा जहाज पठाएर अफगानिस्तानको काबुलबाट नेपालीहरुको उद्दार गर्ने तयारी गरेको छ।

संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार सोमबारको सचिवालय बैठकमा काबुलबाट नेपाली फर्काउने विषयमा छलफल भएको थियो।

‘अफगानिस्तानमा रहेका नेपालीको विषयमा संघ गम्भिर एवम् चिन्चित छ । आज वालुवाटारमा भएको बैठकमा संघले आफ्नै खर्चमा एउटा जहाज कावुल पठाउने छलफलल भएको छ,’ डा. केसीले प्रवास खबरसँग भने।

यसविषयमा संघको मंगलबार पुनः बैठक बस्ने डा. केसीले जानकारी दिए । उनले भने,‘मंगलबार पुन : बैठक बसेर निर्णय गरिनेछ।’

बैठकमा संघका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष सोनाम लामा, रवीना थापाको समेत सहभागीता थियो।