अफगानिस्तानबाट नेपालीलाई छिट्टै उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूलाई छिट्टै उद्धार गर्ने निर्णय गरेको छ।
सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको हो।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले नेपालीको उद्धारको लागि गठन गरेको निकायहरुलाई समन्वयात्मक ढंगले काम गर्न बैठकले निर्देशन दिएको बताए।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर