तालिवान लडाकूले काबुललाई घेरेपछि राष्ट्रपति देश छोडेर ताजकिस्तान भागे

काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छोडेर ताजकिस्तान भागेका छन् ।
राष्ट्रपति घानी ताजकिस्तान भागेको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएको अलजजिराले जनाएको छ ।
सुरक्षाका कारण देखाउँदै ती अधिकारीहरुले थप जानकारी दिएका छैनन।
तालिवान लडाकूहरूले काबुललाई घेरेपछि सत्ता हस्तान्तरणको शान्तिपूर्ण वार्ताकाबीच गानी ताजकिस्तान लागेको बताइएको छ।
राष्ट्रपतिको कार्यालयले रोयटर्सलाई भनेको छ, ‘सुरक्षा कारणले अशरफ गानीकोे बारेमा केहि भन्न सकिदैन।’
ताजा अपडेट

प्रवास खबर
टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

प्रवास खबर
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

प्रवास खबर