एनआरएनए निर्वाचन : १५ अगष्टभित्र प्रतिनिधिको नामवाली केन्द्रमा नआइपुगे मतदानबाट बञ्चित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने विश्व सम्मेलनको लागि प्रतिनिधि दर्ता सुरु भएको छ ।
संघका महासचिव डा. हेमराज शर्माका अनुसार विभिन्न राष्ट्रिय समितिले आफ्ना प्रतिनिधि केन्द्रमा पठाउन थालेका छन्।
संघको विधानअनुसार केन्द्रीय प्रतिनिधिहरु १५ अगष्टभित्र अनिवार्य केन्द्रमा दर्ता हुनुपर्ने व्यवस्था छ।
संघले यसअघि नै राष्ट्रिय समितिलाई पत्राचार गर्दै केन्द्रीय अनुगमनकर्ताले भरेको अनुगमन फारम, एनसीसीको विधान, वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेश गर्न भनेको छ।
यस्तै संघले पञ्जिकृत सदस्यता शुल्क (मध्यपूर्व), मलेसिया र अफ्रिकाको लागि प्रत्येक सदस्य बराबर ३ अमेरिकी डलर र अन्य देशको लागि ५ डलर पठाउन निर्देशन दिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर