भूपूगोर्खा आन्दोलनमा प्रहरी दमन मानवअधिकारको हनन् : डा.बद्री केसी

भूपूगोर्खा आन्दोलनमा प्रहरी दमन मानवअधिकारको हनन् : डा.बद्री केसी

काठमाडौं। बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसन बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमनको गैरआवासीय नेपाली संघले भत्सना गरेको छ। संघको तर्फबाट उपाध्यक्ष डा. बद्री केसीले बुधवार भिडियो सन्देशमार्फत् बेलायतस्थित प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भूपूगोर्खामाथि भएको प्रहरी दमन मानवअधिकारको हनन भनेका छन्।

केसीले नेपालीहरु दुई सय वर्षदेखि बेलायती सेनामा कार्यरतभूपूगोर्खाहरुले सम्राज्य ठूलो पार्न अहमभूमिका रहेको स्मरण गरेका छन् । उनले गोर्खाहरुको रगत र बहादुरीले बेलायती सामराज्य संसारभरि फैलियोको बताउदै समान पेन्सन र अधिकारका लागि लडिरहेका भूपूगोर्खाहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्।

उनले आन्दोलनरत गोर्खामाथि बेलायती प्रहरीले गरेको दमनको भत्सना गरेका छन् । उनले गोर्खा आन्दोलनमाथि भएको दमन मानवअधिकारको हनन भएको बताए । गोर्खा आन्दोलनको बारेमा उनले संघको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानार्कषण गराएका छन् ।