साउदी अरबमा नेपाली श्रमिकले यसरी रोजगारदाता परिवर्तन गर्न सक्छन्

साउदी अरबमा नेपाली श्रमिकले यसरी रोजगारदाता परिवर्तन गर्न सक्छन्

काठमाडौं। साउदी अरेबियाले चार महिनाअघि श्रम सम्बन्धी कानूनमा सुधार गरेपछि नेपाली श्रमिकले फाइदा लिन थालेका छन्।

नयाँ प्रावधान अनुसार साउदीमा रहेका नेपालीलगायत विदेशी श्रमिकले मन नपरेको खण्डमा सहजै रोजगारदाता परिवर्तन गर्न र देश छोड्न पाउने नियम लागू भएको थियो।

‘श्रम सम्बन्धी सुधार पहल’ कार्यक्रम १४ मार्चदेखि लागू भएको थियो।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्यमा पर्ने देश हो साउदी। यस देशमा झण्डै ४ लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत छन्। यो नियम लागू भएपछि नेपालीलगायत विदेशी श्रमिक अवैधानिक हैसियतबाट जोगिएका छन्।

तर, यसका लागि श्रमिकले केही सर्त भने पालना गर्नुपर्ने नियम छ। यो नियम के हो ? र, यसको प्रकृया के हुन्छ भन्ने विषयमा सेन्टर फर माइग्रेसन एण्ड इन्टरनेशनल रिलेसन्स (CMIR)ले ‘प्रवासी सूचना साथी’ को नामबाट एउटा जानकारीमुलक सूचना सार्वजनिक गरेको छ।

जुन जानकारी यस प्रकार रहेको छ:

 



No ads found for this position