बिहीबार राती ८ बजेदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा रोक

बिहीबार राती ८ बजेदेखि काठमाडौं उपत्यकामा सवारी साधन सञ्चालनमा रोक

काठमाडौं। कोभिड–१९ को संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय (सिडियो) ले काठमाडौं उपत्यकामा बिहीबार बेलुका ८ बजेदेखि लागु हुने गरि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने भएको छ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार यसको जानकारी दिँदै काठमाडौँ उपत्यकामा रात्रिकालीन सवारी साधनमा कडाइ गरिन लागेको बताए। उनले अत्यावश्यक सवारीसाधन भने जुनसुकै समयमा सञ्चालन गर्न पाइने जारी आदेशमा भनिएको छ।

निषेधाज्ञाको समय आगामी भदौ ८ गतेसम्म थप गरिएको र अन्य प्रावधान पहिलेकोलाई नै निरन्तरता दिइएको आदेशमा उल्लेख छ।