गैरआवासीय नेपालीको मुद्दालाई लिएर शीर्ष नेतासँग उपाध्यक्ष डा. केसीको भेट

गैरआवासीय नेपालीको मुद्दालाई लिएर शीर्ष नेतासँग उपाध्यक्ष डा. केसीको भेट

काठमाडौं। गैरआवासीय नेपालीका मुद्दालाई लिएर संघका उपाध्यक्ष डा.बद्री केसीले नेपालका शीर्ष नेतासँग छलफल गरेका छन्।

डा. केसीले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरेका छन्। भेटका क्रममा नेकपा एमाले (माधव पक्ष) की नेतृ रामकुमारी झाक्री पनि सँगै थिइन।

गैरआवासीय नेपालीको मुद्धाको विषयमा छलफल भएको डा. केसीले प्रवास खबरलाई जानकारी दिए। उनले छलफलका क्रममा वैदेशिक रोजगारीका क्रममा नेपालीले भोग्नु परेको समस्या तथा सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि समेट्नु पर्ने कुरामा जोड दिएका थिए।

‘छलफल सकारात्मक भयो। उहाँहरूले वैदेशिक रोजगारीमा रहेका नेपालीको समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर चासो देखाउनु भयो,’ डा. केसीले भने, ‘एनआरएनएले विगतमा उठाउँदै आएको मुद्धाप्रति पनि उहाँहरू सकारात्मक देखिनु भएको छ।’

भेटमा कोभिड–१९ का कारण विदेशमा समस्यमा परेका नेपालीको लागि संघले सञ्चालन गरेको राहत, उद्धार तथा पुनस्र्थापना कार्यक्रमको विषयमा पनि कुराकानी भएको डा. केसीले जानकारी दिए।

‘गैरआवासीय नेपालीको नागरिकता, भूपु गोर्खाको मुद्दा, नेपालमा लगानी भित्र्याउने सम्बन्धमा पनि छलफल भएको थियो,’ डा. केसीले भने।

उच्च नेतृत्वबाट एनआरएनएको मुद्धामा पाएको समर्थनले थप उर्जा मिलेको डा. केसीले बताए। डा. केसी संघअन्तर्गत वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक पनि हुन्।