साउदी अरबमा भेरोसेललाई पनि मान्यता

साउदी अरबमा भेरोसेललाई पनि मान्यता File Photo

साउदी। साउदी अरबले कोरोनाविरुद्ध खोप भेरोसेललाई पनि मान्यता दिएको छ। योसँगै साउदीमा मान्यताप्राप्त खोपको संख्या ६ पुगेको छ। योभन्दा पहिले साउदीले फाइजर, अक्सफोर्ड एस्ट्राजेनेका, मोडर्ना, जोनसन एण्ड जोनसन र सिनोभ्याकलाई मान्यता दिएको थियो।

पहिले यो खोपलाई साउदीले मान्यता नदिँदा धेरै श्रमिकले जोनसन एण्ड जोनसनको लागि पर्खिनुपरेको थियो। अब यो खोपलाई मान्यता दिएसँगै साउदी जाने श्रमिकलाई सहज हुने बताइएको छ।

‘मिडियामा विश्व स्वास्थ्य संगठनद्वारा मन्यता प्राप्त खोपबारे गलत समाचार प्रसारित भइरहेको छ। हामी राज्यमा अनुमोदित खोपको सुरक्षाबारे स्पष्ट छौं। यो खोप पूर्ण सुरक्षित छ,’ मन्त्रालयले भनेको छ।