एनआरएनए डेनमार्कको नेतृत्व शैलुको पोल्टामा

एनआरएनए डेनमार्कको नेतृत्व शैलुको पोल्टामा

कोपनहेगन । गैरआवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा शैलेन्द्र अधिकारी (शैलु) विजयी भएका छन्।

शैलुले दुई प्रतिस्पर्धीलाई पराजित गर्दै नेतृत्वमा बाजीमारेका हुन्।

शैलुले १८० मत ल्याएका थिए । यस्तै पराजय भोगेका प्रतिस्पर्धी शिव कार्कीले १४२ मत पाए भने दिपकराज रिजालले ८७ भोट प्राप्त गरे।
यस्तै उपाध्यक्षमा राधाकृष्ण सापकोटा र सुनिल विराजी यादव विजयी भएका छन्।

यसैगरी महासचिवमा महेशसिंह खत्री विजयी भएका छन् । सचिवममा शालिकराम शर्मा र कोषाध्यक्षमा मोहन केसी निर्वाचित भए।