नेदरल्यान्डको एम्स्टर्डममा ‘सेभेन ए साईड फुटबल’ प्रतियोगिता

नेदरल्यान्डको एम्स्टर्डममा ‘सेभेन ए साईड फुटबल’ प्रतियोगिता

एम्स्टर्डम । नेप्लीज युथ एसोसियनको आयोजनामा नेदरल्यान्डको एम्स्टर्डममा सेभेन ए साईड फुटबल प्रतियोगिता हुदैछ । प्रतियोगितामा बेल्जीयमबाट सात र नेदरल्यान्डबाट चार टोलीको सहभागिता रहेको छ।

शनीवार (आज) जारी प्रतियोगितामा प्रथम हुने टोलीले १२ सय ५० युरो सहित मेडल तथा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा दोस्रो हुने टोलीले ८ सय ५० युरो सहित मेडल र तेस्रो हुनेले ५ सय युरो सहित मेडल प्राप्त गर्नेछन।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, स्ट्राईकर, मिडफिल्डर, डिफेन्डर र गोलकिपरलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।