साउदीबाट अवैध सुन तस्कर गरेको आरोपमा दुई नेपाली पक्राउ

साउदीबाट अवैध सुन तस्कर गरेको आरोपमा दुई नेपाली पक्राउ

काठमाडौं। साउदी अरबबाट अवैध तबरले ४ सय ७४ ग्राम सुन नेपाल भित्र्याएको अवस्थामा सिरहा जिल्ला धनगढी नगरपालिका वडा नम्बर ८ का रिसब महतोसहित एक गेस्ट हाउस सञ्चालक पक्राउ परेका छन्।

बिहीबार बिहान ८ बजेर १० मिनेटमा अल–जजिरा एयरलाइन्सको विमानमार्फत ८ थान बाला र २ थान औठीसहित कूल ४ सय ७४ ग्राम सुन अवैध रुपमा विमानस्थलबाट भित्र छिराइसकेको अवस्थामा आगमनतर्फको नयाँ पार्किङ एरियामा प्रहरीले २४ वर्षीय महतोलाई पक्राउ गरेको हो।

भन्सार छली गरेर भित्र्याएको सुनको विषयमा प्रहरीको टोलीले सोधपुछ गर्दा महतोले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १३ स्थायी घर भएका र हाल तिलगंगामा खोटाङ हलेसी गेस्ट हाउस सञ्चालन गरेर बसेका ४१ वर्षीय अम्बर चाम्लिङको पनि संलग्नता रहेको बताएका थिए।

प्रहरीका अनुसार अम्बरलाई पनि सोधपुछका लागि पक्राउ गरिएको छ।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

बाहिरियो अडियो टेपः सुन तस्करले यसरी श्रमिकलाई भरिया बनाउँछन्

धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा

उडान सूचारु भएपछि दुबईबाट पुन: सुन तस्करी, कफी मेकरमा ११६५ ग्राम सुन ल्याउने युवा पक्राउ