यूएईमा विहीबार श्रमिकलाई विदा

दुबई । यूएईमा कार्यरत नेपालीलगायत अन्य देशका श्रमिकहरुले १२ अगष्ट बिहीबारका दिन विदा पाउने भएका छन्।
यूएईको मानव संशाधन मन्त्रालयले हिजरी नयाँ वर्ष १४४३ को अवसरमा अगस्ट बिहीबार निजीक्षेत्रलाई विदा दिने घोषणा गरेको छ ।
الخميس 12 أغسطس عطلة القطاع الخاص بمناسبة #رأس_السنة_الهجرية#وام pic.twitter.com/6ho9Gstcn9
— وكالة أنباء الإمارات (@wamnews) August 4, 2021
इस्लामिक पात्रो अनुसार जुल–हिजाह महिनाको अन्त्य ९ अगस्ट, सोमबार हुँदैछ। यदि जुल–हिजाह महिना ३० दिनको भएमा अगस्ट १०, मंगलवार १४४३ को मुह्हरामको पहिलो दिन पर्ने बताइएको छ।
त्यस्तै, जुल–हिजाह महिना २९ दिनको मात्र भएमा मुह्हरामको पहिलो दिन अगष्ट ९, सोमबार पर्ने बताइएको छ।