कुवेतमा नेपाली नागरिकलाई फेरि अनिश्चितकालीन प्रवेश प्रतिबन्ध

कुवेतमा नेपाली नागरिकलाई फेरि अनिश्चितकालीन प्रवेश प्रतिबन्ध

कुवेत सिटी। कुवेत सरकारले फेरि नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

यहाँको स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमणको ‘उच्च जोखिम’ देखाउँदै नेपाली नागरिकमाथिको प्रतिबन्ध अनिश्चितकालको लागि लम्बाएको हो।

उसले नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंकाकालाई ‘हाइ रिक्स’ मुलुकको सूचीमा समावेश गरेको छ।

यद्यपि, यी देशबाट चिकित्सक, कूटनीतिज्ञ तथा कोभिड समितिले अनुमतिपत्र प्रदान गरेका व्यक्तिलाई भने प्रवेश अनुमति दिइने बताइएको छ ।

मन्त्रालयले यस विषयमा पछि परिपत्र जारी गरिने बताएको छ।

लामो समयपछि कुवेतले गत १ अगष्टदेखि व्यवसायिक उडान सूचारु गरेको थियो । नेपालसहित ५ देशहरुबाट हुने उडान भने १० अगष्टसम्म रद्द गरिएको थियो।

१० अगष्टपछि प्रतिबन्ध फुकुवा हुने अपेक्षा थियो । तर, फेरि उसले निर्णय बदल्दै प्रतिबन्ध लगाएपछि नेपालबाट कुवेत उड्ने पर्खाइमा रहेका श्रमिक अन्यौलमा परेका छन्।

घरविदामा गएका थुप्रै नेपाली उडान प्रतिबन्धका कारण नेपालमै अड्किएका छन् । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका छन्।

यो पनि पढ्नुहोस्

कुवेतको विमानस्थल सूचारु, नेपालीलाई ‘हर्ष न बिस्मात’