गुलशन झा पहिलो पटक क्यानको बन्द प्रशिक्षणमा

गुलशन झा पहिलो पटक क्यानको बन्द प्रशिक्षणमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट लिग डिभिजन–२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडीको सूची सार्वजनिक गरेको छ । काठमाडौं मेयर्स कप क्रिकेटमा पहिलो पटक नेपालको घरेलु क्रिकेटको राष्ट्रिय खेलमा परिचय गराइएका गुलशन झा पहिलो पटक बन्द प्रशिक्षणमा बोलाइएका छन्। उनले मेयर्स कप क्रिकेटमा पुलिस क्लबको प्रतिनिधित्व गरेका थिए ।

दाहिने हातका तीव्र गतिका बलर गुलशनले मेयर्स कपको फाइनलमा उत्कृष्ट बलिङ गर्दै चार विकेट लिएपछि पुलिसले उपाधि जित्न सफल भयो । बन्द प्रशिक्षणमा पूृव कप्तान पारस खडकाको नाम २० औं खेलाडीको रुपमा राखिएको छ । यद्दपी उनले सन्यासको घोषणा गरिसकेकोले प्रशिक्षणमा सहभागी नहुने क्यानले प्रष्ट्याएको छ ।

बन्द प्रशिक्षणमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी अटाएका छन् । त्यसैगरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल बन्द प्रशिक्षणका लागि बोलाइएका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले ओमान र अमेरिका सम्मिलित एकदिवसीय शृङ्खला खेल्ने कार्यक्रम छ ।