‘फिफा अरब कप’ काे टिकट खुला

काठमाडौं। ‘फिफा अरब कप’ काे टिकट मंगलबारदेखि खुला गरिएको छ। मंगलबारदेखि उपलब्ध भएको टिकट भिसा कार्डबाट किन्न सकिने कतार आयोजकले बताएको छ। ३ अगस्टदेखि उपलब्ध हुने टिकट १७ अगस्टसम्म जारी गरिएको छ।
पहिलो चरणको टिकटको विक्रीअन्तर्गत सर्वसाधारणका लागि २८ सेप्टेम्बरदेखि १२ अक्टुबरसम्म उपलब्ध हुने बताइएको छ। अन्तिम चरणको टिकट २ नोभेम्बरदेखि जारी हुँदै प्रतियोगिताको अन्त्यसम्म कायम रहने छ।
‘फिफा अरब कप’ काे कतारको ६ वटा रंगशालामा आयोजना हुँदैछ। जुन अरबको संस्कृति झल्काउने डिजाइनमा तयार पारिएको अल बायत रंगशालाबाट सुरु हुँदैछ। विश्वकपअन्तर्गत पहिलो खेल ३० नोभेम्बरमा कतार र बहराइनबीच हुनेछ।
अन्तिम खेल १८ डिसेम्बरमा रास अबु अबोउद रंगशालामा हुँदैछ।