यूएईले नेपाली नागरिकमाथिको प्रतिबन्ध खुकुलो बनायो

यूएईले नेपाली नागरिकमाथिको प्रतिबन्ध खुकुलो बनायो

दुबई। संयुक्त अरब इमिरेट्स (यूएई) ले कोभिड–१९ विरूद्ध पूर्ण खोप लगाएका यात्रु तथा यूएईमा आवासीय अनुमति पत्र प्राप्त नेपालसहित ६ देशका व्यक्तिलाई प्रवेश अनुमति दिने भएको छ।

यूएईले यसअघि लामो समय नेपाललगायत १६ देशलाई यात्रा प्रतिबन्ध लगाएको थियो। प्रवेश प्रतिबन्धका कारण घर विदामा रहेका हजारौं नेपाली देशभित्र अलपत्र परेका थिए। यूएईले ५ अगस्टदेखि यात्रा प्रतिबन्ध फुकुवा गर्न लागेको हो। सरकारले दोस्रो डोजको खोप लगाएको १४ दिनपछि मात्र आफ्नो देशमा प्रवेश गर्न पाउने बताएको छ।

यूएई प्रवेश गर्ने यात्रुमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, नाइजेरिया र युगान्डा रहेका छन्।

यूएईको राष्ट्रिय आपत्कालीन तथा विपद व्यवस्थापन प्राधिकरणले मंगलबार यो घोषणा गरेको हो।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार यसरी प्रवेश गर्न यात्रुले बाट प्रवेशका लागि अनुमति लिनुपर्नेछ । यस्तै ४८ घण्टाभित्रको पीसीआरको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्नेछ।

यस्तै नेपालको विमानस्थलमा ¥यापिड टेस्ट हुनेछ । यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर गर्नुपर्नेछ। त्यस्तै क्वारेन्टाइनलगायतका अन्य स्वास्थ्य प्रोटकल पालना गर्नुपर्नेछ।

यद्यपि कोभिडविरुद्धको खोप लगाएका वा नलगाएका दुवै किसिमका निम्नबमोजिमका यात्रुलाई पनि अगष्ट ५ देखि प्रवेश दिइने बताइएको छ।

– यूएईमा रोजगाररत चिकित्सक, नर्स तथा स्वास्थ् क्षेत्रका प्राविधिक

– यूएईका शैक्षिक संस्थामा कार्यरत कर्मचारी तथा अध्ययनरत विद्यार्थी

– मानवीय क्षेत्रमा कार्यरत कर्मचारी

– यूएईको सरकारी निकायमा कार्यरत कर्मचारी