नेपालीलाई क्यूआर कोर्डसहित खोपको प्रमाणपत्र बोक्न दूतावासको आग्रह

दुबई । अबुधाबीस्थित नेपाली दूतावासले यूएई आउने तयारीमा बसेका तथा यूएईमै रहेका नेपालीलाई कोभिड–१९ खोपको प्रमाणपत्र बोकेर मात्र यात्रा गर्ने अनुरोध गरेको छ।
दूतावासले आइतबार सार्वजनिक गरेको विज्ञप्तीमा नेपालीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्यूआर कोर्डसहित खोप लगाएको प्रमाणपत्र बोक्न अनुरोध गरिएको छ।
दूतावासले हाल नेपालमा नयाँ राहदानी बनाउन फर्किएका र नवीकरण गर्ने योजनामा रहेका नेपालीलाई खोप नलगाएको खण्डमा अनिवार्य खोप लिन र क्यूआर कोर्ड प्राप्त गर्न अनुरोध गरिएको छ।
नेपालमा रहेका आफन्तलाई यस विषयमा जानकारी दिन पनि दूतावासले यूएईमा रहेका नेपालीलाई आग्रह गरेको छ। यस्तै यूएईमा खोप लगाएका नेपालीलाई पनि खोप प्रमाणपत्र बनाउन अनुरोध गरिएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर