यूएईकी पहिलो महिला चिकित्सक डा. जुलेखा

यूएईकी पहिलो महिला चिकित्सक डा. जुलेखा

शारजहा। डा. जुलेखा दाउद, ८३ वर्ष। संयुक्त अरब इमिरेट्स (यूएई) को पहिलो महिला चिकित्सक हुन्। उनी यूएईमा संघर्षको एउटा उदाहरण नै बनेकी छिन्। उनलाई यहाँका स्थानीयवासी ‘मामा जुलेखा’ को उपनामले चिन्ने गर्छन। अरबी भाषामा ‘मामा’ को अर्थ हुन्छ, आमा।

मामाले १० हजारभन्दा बढी बालबालिकाको ‘डिलिभरी’ गराइसकेकी छिन्, जसमा यूएईको शाही परिवारका केही सदस्य पनि समावेश थिए।

भारतको नागपुरबाट एमबीबीएस गरेपछि उनी अमेरिकी मिशन अस्पतालसँग जोडिएकी थिइन। यसपछि उनी कुवेत पुगिन्। उनी अमेरिकी मिशनअन्तर्गत नै सन् १९६३ मा शारजहा–दुबई आइपुगेकी हुन्। यतिबेला उनले यो ठाउँको नाम सुनेकी पनि थिइनन्। हेर्दे उजाड लाग्ने यी दुई शहर त्यतिबेला बालुवाको बीचमा बसेझै थियो।

यतिबेला शारजहामा एक जना पनि महिला चिकित्सक थिएनन्। दुबईमा केही बेलायती चिकित्सक कार्यरत थिए। त्यसैले उनी सहयोगका लागि बेलाबेलामा यहाँ पुग्ने गर्थिन्।

‘मसँग कुनै टिम थिएन। यसै कारण १–२ जनालाई नर्सिङको ट्रेनिङ दिएको थिए,’ बिगत सुनाउँदै उनी भन्छिन्, ‘सबैभन्दा टड्कारो कुरा यहाँ उपचारका लागि कुनै उपकरण थिएन। न औषधी नै।’

समय बित्दै गएपछि अस्पतालको आवश्यकता बोध भएको उनको भनाई थियो। उनी भन्छिन्, ‘पहिलो क्लिनिक सन् १९७० बाट सुरु भयो। एक दिनमा ५०–६० बिरामी परीक्षणका लागि आउँथे।’

उनले सन् १९९२ मा शारजहामा पहिलो निजी अस्पताल ‘जुलेखा हस्पिटल’ खोलेकी थिइन। अहिले उनको नाममा तीन वटा अत्याधुनिक अस्पताल छ। जुन अस्पतालमा वर्षेनी साढे पाँच लाख मानिस उपचार गराउँछन्।

एजेन्सी