एनआरएनए नर्वेको नेतृत्वमा शाही

ओस्लो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नर्वेको अध्यक्षमा जीवनबहादुर शाही निर्वाचित भएका छन् शाहीले प्रतिद्वन्द्वी पवित्र बस्नेतलाई १०८ मतले पराजित गरेका हुन्।
शाहीले २९३ मत पाउँदा बस्नेतले १८५ मत ल्याए ।
यस्तै सचिवमा विजयी काफ्ले निर्वाचित भएका छन् । काफ्लेले प्रतिद्वन्द्वी अशिम लम्साललाई ४ भोटले हराउँदै विजयी बने।
नर्वेमा अध्यक्ष र सचिवबाहेक सबै पदाधिकारी यसअघि नै निर्विरोध चुनिएका थिए । समितिको उपाध्यक्षमा नवराज अधिकारी, अन्जन बास्तोला र दिपेन विष्ट रहेका छन् । यस्तै महासचिवमा विष्णु गौतम रहेका छन् ।
यसैगरी विक्रम बस्नेत युवा संयोजक र प्रवीणा मुनाकर्मी महिला संयोजकमा निर्विरोध चुनिएका छन्।
निर्वाचित सदस्यमा पूर्णचन्द्र भुसाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना रहेका छन्।
यस्तै आइसीसी सदस्यमा राजु आर्याल पनि निर्विरोध निर्वाचित भएका छन्।
ताजा अपडेट

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ
