एनआरएनए नाइजेरियाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित, नेतृत्वको जिम्मेवारी गुप्तालाई

एनआरएनए नाइजेरियाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित, नेतृत्वको जिम्मेवारी गुप्तालाई

लेगोस । गैरआवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) नाइजेरियाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । संघको आठौं साधारण सभाले विरेन्द्र गुप्ताको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह, सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन भएका छन्। त्यसैगरी महासचिवमा सोमेश अर्याल, सचिवमा संजय थापा, टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा सागर उप्रेती, सहकोषाध्यक्षमा सरोज कुमार, महिला संयोजकमा सविता सेठ र युवा संयोजकमा सुहिम थापा चयन भएका छन्।

सदस्यहरुमा सतिश पाण्डे (अबुजा), बिरेन्द्र बहादुर बस्नेत (कटसिना) , राजु धिताल (साङ्गो वटा) , कृष्ण थापा (भिआई) ,सुभाष सिम्खडा (पोर्टहर्ट कोर्ट), राजु भुसाल (कानो),खुश्बु घिमिरे र रमेशबहादुर सुनाखरी मगर (लेगोस) निर्वाचित हुनु भएका छन् ।

त्यसैगरी आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिएका छन्।

सल्लाहकार समितिमा मन थापा , हिमा खडका, उर्मिला रोका, विश्वास पौडेल र बिन्दु क्षेत्री चयन भएका छन्। यस्तै संरक्षकमा हिक्मत थापा , संजीव क्षेत्री र बिदुर घिमिरे चुनिएका छन्।