एनआरएनए दक्षिण अफ्रिकाको नेतृत्वमा भट्टराई दोहोरिए

एनआरएनए दक्षिण अफ्रिकाको नेतृत्वमा भट्टराई दोहोरिए

इस्ट लण्डन, दक्षिण अफ्रिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण अफ्रिकाको नेतृत्वमा डा. पुष्पराज भट्टराई दोहोरिएका छन्।

भट्टराईको नेतृृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो।

यसैगरी महासचिवमा डा. अभय कार्की र कोषाध्यक्षमा डा.दिनेश केसी चयन भएका छन्। यस्तै डा. मधु पाण्डे केसी र कल्पना गैरे सदस्यमा चुनिएका छन्।

यसैगरी डा.गोपाल ज्ञवाली सल्लाहकारमा चयन भएका छन्। अन्य रिक्त पदपछि चयन गरिने बताइएको छ।