एनआरएनए बोत्स्वानाको अध्यक्षमा भण्डारी निर्विरोध

एनआरएनए बोत्स्वानाको अध्यक्षमा भण्डारी निर्विरोध

गबोरोने। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बोत्स्वनाको अध्यक्षमा शान्ती भण्डारी चयन भएकी छिन्। वार्षिक साधारणसभाले भण्डारीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा गोविन्द प्रसाद कंडेल, महासचिवमा गोपाल बहादुर खडका र कोषाध्यक्षमा जितु बिक चयन भएका छन्।

यस्तै इन्दु दाहाललाई महिला संयोजक र नारायण प्रसाद दाहाललाई युवा संयोेजकको जिम्मेवारी दिइएको छ।

नवनिर्वाचित कार्यसमिति सदस्यमा खुश बहादुर, प्रभा बाँस्कोटा, खुश्बु कुमारी बजाज, कृष्ण कंडेल र सिर्जना पन्त रहेका छन्।

साधारण सभाले तुलसी कामीलाई आइसीसी सदस्य चयन गरेको छ।

बोत्स्वाना दक्षिणी अफ्रिकी भूपरिवेष्ठित मुलुक हो। २० लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले विकास भइरहेको अफ्रिकी देश भएको एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

यहाँको आम्दानीको मुख्य श्रोत खनिज, खानी, पशुपालन र पर्यटन हो।