एनआरएनए अष्ट्रीयाको नेतृत्व तिवारीको पोल्टामा

एनआरएनए अष्ट्रीयाको नेतृत्व तिवारीको पोल्टामा

भियाना । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) अष्ट्रीयाको नेतृत्वमा भवानी तिवारी निर्वाचित भएकी छिन्।

तिवारीले प्रतिद्वन्दी बाबा राजेश्वरी थापालाई ६५ मतले उन्छिन्दै अध्यक्ष पदमा विजयी भएकी हुन् । तिवारीले १९० मत पाउँदा थापाले १२५ मत ल्याएकी थिइन्।

यसैगरी उपाध्यक्षमा अनिता भुजेल र कुमार अधिकारी विजयी भएका छन्।

यस्तै सचिवमा रोशन घिसिङ र कोषाध्यक्षमा सरिता नेपाल निर्वाचित भएका छन् । आइसीसी सदस्यमा विकास कार्की विजयी भएका छन्।

अन्य पदमा भने यसअघि सहमतिमा पदाधिकारी चयन भएका थिए।