साउदी अरबमा ‘प्र्याङ्क’ गरेर सर्वसाधरणलाई तर्साएको आरोपमा ४ पक्राउ

रियाद । साउदी अरबमा प्र्याङ्क गरेर सार्वजनिक स्थानमा सर्वसाधारणलाई तर्साउने ४ जना व्यक्तिहरुलाई पक्राउ गरिएको छ।
साउदी प्रेस एजेन्सीका ती व्यक्तिहरुले सार्वजनिक स्थानमा मुकुन्डो (मास्क) लगाइ सर्वसाधारणलाई तर्साउने गरेको बताइएको छ। त्यसरी तर्साइएको भिडियो अनलाइनमार्फत सार्वजनिक भएपछि उनीहरुलाई पक्राउ गरिएको बताइएको छ।
रियाद प्रहरीले ती चारै जनाको पहिचान गरेको बताइएको छ। ती सबै २० देखि ३९ वर्ष उमेर समूहभित्रका रहेको र ती सबै साउदी नागरिक भएको खुल्न आएको छ। उनीहरुलाई गिरफ्तार गरेपछि सार्वजनिक मुद्दा चलाइएको बताइएको छ।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर