एनआरएनए तान्जानियाको नेतृत्वमा भट्टराई निर्विरोध

एनआरएनए तान्जानियाको नेतृत्वमा भट्टराई निर्विरोध

तान्जानिया । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) तान्जानियाको नेतृत्वमा पुष्पराज भट्टराई चयन भएका छन्।

शनिबार सम्पन्न वार्षिक साधारणसभाले भट्टराईको अध्यक्षतामा कार्यसमिति नै निर्विरोध चयन गरेको हो।

यस्तै उपाध्यक्षमा पासाङ शेर्पा, बिनोद पटेल, नारायण प्रसाद अर्याल, महासचिवमा नविन पंडित, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रन्जन र सहकोषाध्यक्षमा सन्तोष उदास चयन भएका छन् ।

त्यसैगरी युवा संयोजकमा कृष्णबहादुर सुनार र महिला संयोजकमा सपना ढकाल निर्वाचित भएका छन्।

निर्वाचित कार्यसमिति सदस्यहरुमा महेश गिरी,, सिलम कुमारी, किसन दमाई र थानेश्वर दर्जी रहेका छन्।

यस्तै सल्लाहकारमा प्रेम प्रसाद गुरुङ र भीमसेन क्षेत्री चयन भएका छन्।