एनआरएनए आइसीसीले एनसीसीलाई दिएको निर्वाचन समय आज सकिदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सबै राष्ट्रिय समितिको निर्वाचन आज सकिदैछ ।
गैरआवासीय नेपाली संघको संशोधित विधान अनुरुप सबै राष्ट्रिय समितिहरुको (एनसीसी) निर्वाचन ३१ जुलाइभित्र सक्नु पर्ने प्रावधान छ।
चीन क्यानडा, चिल्ली, अष्ट्रेलिया, जर्मनी, नेदरल्याण्ड्स, नर्वे, अस्ट्रिया, फ्रान्स र डेनमार्क लगायतका देशमा सोमवारभित्र निर्वाचन सम्पन्न हुदैछ।
यसैबीच यूकेको निर्वाचन प्राविधीक तयारीको लागि सोमवार सांझसम्मको लागि सारिएको छ। यस्तै यूएईको भने आन्तरिक विवादका कारण अधिवेशन नै भएको छैन् । यूएईको विवाद सुल्झाउन आइसीसीले विशेष समिति बनाएको बताइएको छ।
निर्वाचन प्रकृया सुरु भइसकेका केही राष्ट्रिय समितिको निर्वाचन अगष्ट पहिलो साता सम्पन्न हुने तयारी रहेको छ।
संघका अनुसार तीन दर्जन भन्दा बढी देशमा निर्वाचन सम्पन्न भएको छ । संघको केन्द्रीय महाधिवेशन आगामी अक्टोवर २३ देखी २५ सम्म हुदैछ ।