एनआरएनए साउदीको नेतृत्वमा फराकिलो मतान्तरले यादव विजयी

एनआरएनए साउदीको नेतृत्वमा फराकिलो मतान्तरले यादव विजयी

रियाद । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) साउदी अरबको अध्यक्षमा डम्बर कुमार यादव विजयी भएका छन्।

फराकिलो मत अन्तर कायम राख्दै यादवले नेतृत्व आफ्नो पोल्टामा पारेका हुन्।

शुक्रबार भएको निर्वाचनमा यादवले २२५ मत ल्याउँदै प्रतिस्पर्धी रोशन श्रेष्ठलाई पराजित गरे । श्रेष्ठले २४ भोटमै चित्त बुझाउन पर्‍याे।

निर्वाचनमा जम्मा ३७६ मत खसेको थियो । जसमा ९ भोट बदर थियोे । यस्तै ११८ मत अनाधिकृत फोन नम्बर र इमेल तथा निर्धारित समयभन्दा पछि प्राप्त भएकोले मान्यता नदिइएको निर्वाचान समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष यादव सिरहा निवासी हुन् । उनी झण्डै दुई दशकदेखि साउदीमा कार्यरत छन् ।