एनआरएनए यूकेको निर्वाचन स्थगित

एनआरएनए यूकेको निर्वाचन स्थगित

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको शनिवार हुने निर्वाचन सोमवारसम्मको लागि सरेको छ।

एनआरएनए यूकेको निर्वाचन समितिका प्रमुख महेन्द्रराज कंडेलका अनुसार निर्वाचन सम्बन्धी प्राविधिक तयारी नपुगेपछि निर्वाचन सार्ने निर्णय गरिएको हो।

व्यवस्थापनको जिम्मा लिएको भेन्डरले शुक्रवारसम्म मतदाताहरुलाई नोटिफिकेशन पठाउनु पर्ने थियो तर, मतदाताले इमेल प्राप्त नगरेपछि थप तयारी गर्नु पर्ने अवस्था आएको बताइएको छ।

निर्वाचन समितिका अनुसार सोमवार राती १२ बजेपछि मतदान शुरु गर्ने निर्वाचन समितिको तयारी छ । मतदान मंगलवार राती २३.५९ बजेसम्म जारी रहने छ ।

संघको नेतृत्वको लागि रोजीना प्रधान राई, प्रेमगाहा मगर र दीपक श्रेष्ठ चुनावी मैदानमा छन्।