एनआरएनए जापानको अध्यक्षमा पौडेल विजयी

एनआरएनए जापानको अध्यक्षमा पौडेल विजयी

टोकियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) जापानको अध्यक्षमा शिव प्रसा पौडेल विजयी भएका छन्।

शुक्रबार भएको निर्वाचनमा पौडेलले ३ हजार ३८ मत प्राप्त गरेर नेतृत्व आफ्नो पोल्टामा पारेका हुन् । अध्यक्ष पदका लागिपौडेलसहित ५ जना चुनावी मैदानमा होमिएका थिए।

यस्तै वरिष्ठ उपाध्यक्षमा नवीन न्युरे विजयी भएका छन् । न्युरेले ३ हजार ९९३ मत पाएका थिए।

यसैगरी उपाध्यक्षमा राम थापा (अनिल),राजकुमार अधिकारी, राम कृष्ण श्रेष्ठ र महेश कुमार कटवाल विजयी भएका छन्। महिला उपाध्यक्षतर्फ संगिता अधिकारी निर्वाचित भइन्।

महासचिवमा सिद्वार्थ श्रेष्ठ विजयी भएका छन् । यसगरी कोषाध्यक्षमा कृष्ण शर्मा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

यस्तै युवा संयोजकमा राकेश रुम्बा चुनिएका छन् ।

निर्वाचित कार्यसमिति सदस्यहरुमा राजु भण्डारी सुनिल, चन्द्र कुमारी केसी, प्रकाश लामिछाने, भिमसेन राय, लक्ष्मी केसी महर्जन, मोहन सिंह मडै र दिलिप कंडेल रहेका छन्।

आइसीसी सदस्यमा दिपक कार्की, श्रवण कुमार सत्याल, रोविन शेरचन, लक्ष्मण बानिया, सुपेन्द्र घिसिगं, सुपेन्द्र घिसिङ र नरबहादुर थापा निर्वाचित भएका छन्।

अनलाइनमार्फत गरिएको मतदानमा कुल ७५७१ मत खसेको थियो।