कुवेतको विमानस्थल सूचारु, नेपालीलाई ‘हर्ष न बिस्मात’

कुवेतको विमानस्थल सूचारु, नेपालीलाई ‘हर्ष न बिस्मात’ फाइल फोटो : एफपी

कुवेत सिटी । लामो समयपछि कुवेतले व्यवसायिक उडान सूचारु गर्दैछ । कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले १ अगष्टदेखि व्यवसायिक उडान सूचारु हुने जनाएको छ।

तर,कुवेतको यो निर्णय नेपालको चर्चित उखान ‘कागलाई बेल पाक्यो, हर्स न बिस्मात’ जस्तै भएको छ। किनभने उसले नेपालसहित ५ देशहरुबाट हुने उडान भने नहुने बताएको छ।

महानिर्देशनालयले नेपालसहित भारत, पाकिस्तान, बंगलादेशबाट हुने उडान रद्द गरिएको जनाएको छ । उसले यि देशबाट हुने सिधा उडान तथा ट्रान्जिट बनाएर हुने सम्पूर्ण उडान रद्ध गरिएको जनाउँदै एयरलाइन्स कम्पनीहरुलाई परिपत्र जारी गरेको छ।

कुवेतले कोभिड संक्रमणको जोखिम देखाउँदै यी देशमा उडान प्रतिबन्ध लगाएको हो । यो निर्णय १० अगष्टसम्म लागू हुने बताइएको छ।

यसरी उडान रद्द गर्ने निर्णय १० अगस्ट,२०२१ सम्मका लागि जारी रहने बताइएको छ।

निर्णय जारी भएसँगै एयरलाइन्स कम्पनीहरुलेले ती देशहरुका यात्रुद्वारा गरिएका सबै बुकिङहरु रद्द गरेको बताइएको छ।

कुवेतको यो निर्णयले नेपालबाट कुवेत उड्ने पर्खाइमा रहेका श्रमिक अन्यौलमा परेका छन् । घरविदामा गएका थुप्रै नेपाली उडान प्रतिबन्धका कारण नेपालमै अड्किएका छन् । यसबाहेक कुवेतबाट स्वदेश फर्किने तयारीमा रहेका नेपाली पनि प्रभावित भएका छन् ।