मलेसियामा खोप लगाउन सास्ती खेप्दै आप्रवासी श्रमिक (भिडियो)

मलेसियामा खोप लगाउन सास्ती खेप्दै आप्रवासी श्रमिक (भिडियो) photo source– info.semasa | Facebook & @adibrawi | Twitter

क्वालालम्पुर । मलेसियामा कोभिडविरुद्ध खोप लगाउन आप्रवासी श्रमिकले सास्ती व्योर्हनु परेको छ। खोप लगाउनकै लागि स्वास्थ केन्द्रहरुमा घण्टौसम्म लाइन लागेर ठूलो सास्ती खेप्नु परेको बताइएको छ।

यसको एउटा उदारहण हो–२८ जुलाइमा क्ववालम्पुर कन्भेन्सन सेन्टर (केएलसीसी) बाहिर देखिए भिडभाड । अहिले यो अनियन्त्रित भिडभाडको तस्वीर र भिडियोले ठूलै चर्चा कमाएको छ।

जहाँ, कोभिडविरुद्धको खोप लिनको लागि सयौँ आप्रवासी श्रमिक खोप केन्द्रमा लाइन लागेसँगै भीड अनियन्त्रित भएको थियो। सो भिडभाड हेर्दा कोभिड सम्बन्धी सामाजिक दूरी तथा स्वास्थ्य मापदण्डको पालना नगरेको देखिन्छ ।

यसकारण कोभिडको संक्रमण थप बढ्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। २८ जुलाइमा मात्रै मलेसियामा १७ हजार ४०५ कोभिडका नयाँ केस पुष्टि भएको बताइएको छ। यो मलेसियाको कोभिड तथ्यांकमा हालसम्मकै उच्च रहेको बताइएको छ।

खोप केन्द्रमा भिडभाड बढेपछि नियन्त्रण गर्न सरकारले रोजगारदातालाई निर्धारित समयमा मात्रै खोप केन्द्रमा श्रमिक पठाउन सुझाव दिएको बताइएको छ।श्रमिकलाई चाँडै नपठाई निर्धारित समयमा मात्र पठाउन भनिएको छ।