कोभिडविरुद्ध खोप लगाएका विदेशीले कुवेतमा प्रवेश पाउने

कुवेत सिटी । कुवेतले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा अनुमति दिएको छ।
मन्त्रीपरिषद्को निर्देशनमा कुवेत नागरिक उड्डयन प्राधिकरणले स्वीकृति प्रदान गरेका खोप लगाएका विदेशी नागरिकलाई १ अगष्टदेखि प्रवेश अनुमति दिएको हो।
कुवेतले फाइँजर, अष्ट्राजेनेका, मोडर्ना खोपका दुवै मात्रा एवंम जोन्सन् एन्ड जोन्सन् खोपको एउटा मात्रा लगाएकालाई कुवेत प्रवेशमा अनुमति दिइने बताएको छ।
यसरी कुवेत प्रवेश गर्ने यात्रुको साथमा ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट पनि अनिवार्य हुनु पर्नेछ।
कुवेत आइसकेपछि ७ दिनसम्म होम क्वारेन्टाइनमा बसेर पीसीआर परीक्षण गराउनु पर्नेछ। रिपोर्ट नेगेटिभ आए त्यसपछि क्वारेन्टाइनमा बस्नु पर्दैन।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर