उडान सूचारु भएपछि दुबईबाट पुन: सुन तस्करी, कफी मेकरमा ११६५ ग्राम सुन ल्याउने युवा पक्राउ

उडान सूचारु भएपछि दुबईबाट पुन: सुन तस्करी, कफी मेकरमा ११६५ ग्राम सुन ल्याउने युवा पक्राउ

काठमाडौं । यूएईको दुबईबाट काठमाडौं ओर्लिएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । १२ साउनमा हिमालय एयरलाइन्सको उडानबाट काठमाडौं आएका गोरखाका पदम परियारलाई सुन जस्तो देखिने शंकास्पद धातु ल्याएको आरोपमा विमानस्थल प्रहरीले पक्राउ गरेको हो ।

परियारले १ किलो १६५ ग्राम सुन जस्तो देखिने पहेलो धातु ल्याएको प्रहरीले जनाएको छ । परियारले अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाइ उक्त शंकास्पद वस्तु नेपाल भित्र्राउन खोजेको विमानस्थल प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार शंका लागेपछि परियारमाथि निग्रानी बढाइएको थियो । सोही क्रममा विमानस्थलको आगमन कक्षको भन्सार चेकजाँच (एक्सरे) मा परियारले ल्याएको कफि मेकरमा शंकास्पद वस्तु रहेको पत्ता लागेको थियो । उक्त कफि मेकर खोलेर हेर्दा फलामे कप आकारको ३ वटा पत्रले बनेको वस्तु भेटिएको थियो ।

जसको पहिलो पत्रमार अन्तिम पत्र फलाम जस्तो देखिने धातुको रहेको र बीचको पत्र सुन जस्तो देखिने पहेलो रंगको धातु भएको प्रहरीले जनाएको छ । जसको तौल १ किलो १६५ ग्राम रहेको थियाे।

परियारलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाएको विमानस्थल प्रहरीले बताएको छ।

यसअघि २० बैशाख २०७८ दुबईबाट काठमाडौं फर्किएका पाँच नेपाली सुन तस्करीको आरोपमा पक्राउ परेका थिए।गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक स्पिकरमा अवैध रूपमा १ किलो ३ सय ९१ ग्राम सुन लुकाएर ल्याउँदै गर्दा काठमाडौं विमानस्थलबाटै पक्राउ परेका थिए।

उडान सूचारु भएपछि दुबईबाट नेपालमा सुनको तस्करी हुने क्रम फेरि सुरु भएको छ।

यो पनि पढ्नुहोस्

रोकिएन यूएईबाट सुन तस्करी,डेढ किलो सुनसहित पाँच नेपाली विमानस्थलमा पक्राउ

भिजिट भिसामा यूएई पुर्‍याइयो, काम दिलाउन नसकेपछि डेढ किलो सुन बोकाएर पठाइयो

पाँच नेपालीलाई सुन बोकाउने गिरोहको पहिचान खुल्यो

नयाँ–नयाँ शैलीमा सोझा कामदारलाई सुन बोकाउँछन्– कृष्ण मगर, दिनेश मोक्तान र बिके पाण्डे

नेपालमा पक्राउ परेको सुन दुबईको माउन्ट एभरेस्ट ज्वेलरीबाट खरिद भएको खुलासा

बाहिरियो अडियो टेपः सुन तस्करले यसरी श्रमिकलाई भरिया बनाउँछन्

धरौटी बुझाउन नसक्दा दुबईबाट सुन बोकेर आएका पाँच नेपाली सुन्धारा कारागारमा