नेपालका मार्सल आर्टस् खेलाडी चन्द दुबईमा सम्मानित

दुबई। नेपालका मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् । दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार उनलाई सम्मान गरेको हो।
आर्थिक अवस्था सुधार्न रोजगारीका लागि यूएई आएकाका भिमदत्त नगरपालिका–२ उल्टाखाम कञ्चनपुरका २८ वर्षीय चन्दले त्यहाँ रोजगारीसँगै खेलकुदलाई पनि निरन्तरता दिइरहेका छन्।
उनले दुबईमा हुने विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर मेडल जितिसकेका छन्।
काम गरेर बाँकी रहेको समय खेलकुदलाई छुट्टाउने गरेको चन्दले बताए । यसअघि दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडेरेशनलगायत प्रतिष्ठित संस्थाहरुले पनि चन्दलाई सम्मान गरेका थिए।
‘परिश्रम र मेहनत गरेपछि सफलताले पछ्याइ रहने रहेछ । यहाँ पनि खेलकुदलाई निरन्तरता दिन पाएकोमा म निकै खुसी छु,’ उनले भने ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर