एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी

एनआरएनए बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी

बेल्जियम। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बेल्जियमको अध्यक्षमा खड्क केसी विजयी भएका छन् ।

मतगणना स्थलमा रहेका पत्रकार केजीन राईका अनुसार अहिले मतगणना सकिएको छ । निर्वाचन समितिले केहीबेरमा मतपरिणाम सार्वजानिक गर्दैछ।

बेल्जियममा अध्यक्षको लागि केसीसहित अनुजा प्रधान र सीपी भट्ट चुनावी मैदानमा उत्रिएका थिए।

आइतबार निर्वाचन भएको थियो । निर्वाचनको अन्तिम समयमा मतदान केन्द्रमा विदेशी मूलका मानिसहरु पसेर चुनाव विथोल्ने प्रयास समेत गरेका थिए । घटनाका दोषीलाई एनआरएनए आइसीसीले कारवाही गर्ने बताएको छ।